
हुलाकी न्यूज, सिरहा ३ साउन । सद्भावना पार्टीका एक वरिष्ठ उपाध्यक्ष नवलकिशोर साहले सरकारमा सहभागी भए पार्टी परित्याग गर्ने चेतावनी दिएका छन् ।
सिरहाको लहानमा आयोजित आयोजित एक कार्यक्रममा उपाध्यक्ष साहले मधेशको माग सम्बोधन नभएसम्म कुनै पनि हालतमा पार्टी सरकारमा सहभागी हुन नहुने धारणा राखेका छन् ।
उनले भने, ‘मधेशको माग पूरा नभइकन नयाँ बन्ने सरकारमा सद्भावना गयो भने म पार्टी परित्याग गर्छु ।’
सद्भावना पार्टीका केही सांसदहरुले पार्टी सरकारमा सहभागी हुन विभिन्न किसिमका वक्तव्यबाजी गर्न लागेको भन्दै त्यसो भयो भने राजीनमा दिने बताएका छन् ।
अधिकारका लागि भएको आन्दोलनमा सयौं मधेशी सपुतहरुको बलिदानी खेर जान नदिने उद्घोष समेत गरेका छन् ।



