kabaddi
सरु शर्मा, परासी ३ साउन । नवलपरासीको बडहरा दुबौलिया गाविस वडा नम्बर ३ ललितपुरमा खुल्ला कबडि प्रतियोगिता सुरु भएको छ ।

जय माँ कोटही युवा क्लब प्रतियोगिताको आयोजनामा सुरु भएको उक्त प्रतियोगिताको मधेशी जनअधिकार फोरम लोकतान्त्रिक क्षेत्र नम्बर ५ का क्षेत्रीय अध्यक्ष सुरेश यादवको प्रमुख आतिथ्य तथा आयोजक समितिका अध्यक्ष शैलेष हरिजनको अध्यक्षतामा एक समारोहका विच उदघाटन भयो ।

कार्यक्रममा राप्रपाका जिल्ला कमिटी सदस्य मोबारक खान, गोबरहिया प्रहरी चौकीका ईन्चार्ज यज्ञ बहादुर मगर, बुद्ध हारभेष्टर कम्बाईन सञ्चालक समिति नवलपरासीका अध्यक्ष अकबर खान, युवा बुद्धिजिवि रहमत अलि राईन, कोलाई राईन लगायतले प्रतियोगिताको सफलताका लागि शुभकामना व्यक्त गर्दै आर्थिक सहयोग पनि गरेका छन् ।

प्रतियोगितामा नवलपरासी जिल्ला र भारतको युपि गरि करिब ३० वटा समूहको सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ ।

कबड्डीले मधेशको सांस्कृतिक झल्किने भएकाले सो क्षेत्रमा हरेक वर्ष कबड्डी प्रतियोगिताको आयोजना हुदै आएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई खसी र टिसर्ट, द्वितीय हुनेलाई खसी र शिल्ड, तृतीय हुनेलाई कुखुराको मासु शिल्डसहित मेडल र प्रमाण पत्रले पुरस्कृत गरिने आयोजक समितिका कोषाध्यक्ष सोहन अलीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.