republica

अर्कना खातुन, काठमाडौं, ३ श्रावण । दैनिक अंग्रेजि पत्रिका रिपब्लिका पब्लिकेशनद्वारा २०७३ श्रावण १ गते शनिबारको पत्रिकामा अति संवेदनशील तथा भ्रमात्मक लेख ‘नेपालमा आतंकवाद’ शिर्षकमा प्रकाशित गरेका थिए । संपादकद्वारा नेपालका मुस्मिलहरुलाई लक्षित गरि भविष्यमा आतंक फैलिने जस्ता भ्रमित र अनावश्यक लेख लेखिएको थियो ।

उक्त लेखको जानकारी पाए लगतै सम्पूर्ण क्षेत्रबाट लेख सच्याउँन माग गर्दै विरोध गर्न थालेका थिए । विरोधको जानकारी पाए लगतै रिपब्लिकाका उप–संपादक थिरलाल भूसालले, नेपालका मुस्लिमहरु माथि नकारात्मक भावना तथा कसैलाई चोट पुर्याउने हिसाबले उक्त लेख नलेखिएको भन्दै तल अर्को नोट तत्कालै राखिएको जानकारी दिए । नोट पढेपछि नोट प्रयाप्त नभएकोले केहि मुस्लिम बुद्धिजीवीहरुले त्यो सच्याउन बैठक राखि प्रधान सम्पादकलाई भेटेर छलफल गर्ने कुरा राखे ।

उक्त लेखमा संम्पादक सुबास घिमिरेद्वारा निन्दनिय र सम्पूर्ण मुस्लिम तथा गैर मुस्लिमहरुलाई भ्रमित पार्ने खालको कुराहरु समेटिएको थियो । आतंकको कुनै जात हुँदैन । तर सम्पादकको लेखद्वारा नेपालमा भैरहेको बन्द र हडतालहरुमा भविष्यमा गएर नेपाली मुस्लिमहरु हुन सक्ने जस्तो कुरा उलेख गरिएको थियो ।

उक्त शिर्षक तथा विषयलाई लिएर राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनका अध्यक्ष डा.समिम अंसारी, इस्लाम संघ नेपालका अध्यक्ष खुर्सेद आलम, माओवादी नेता महम्म्द जाकिर हुसैन, ईस्लाम संघ नेपालका पूर्व अध्यक्ष नजरुल हुसैन तथा अन्य केहि बुद्धिजीवीहरुले श्रावण २ गते आइतबार रिपब्लिका हाउस पगेर त्यहाँ बैठक राखि सम्पादकहरुसंग छलफल गरे । छलफलमा सम्पादक टिमहरुद्वारा नजानि नबुझि गरिएको गल्ति स्विकार्दै सोमबारको पत्रिकामा लेख सच्याइने छ बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.