Gathabandhan-1
हुलाकी न्यूज, काठमाडौं ३ असार ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहित संघीय गठबन्धनले चौथो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

काठमाडौंको खुल्ला मञ्चको रिले अनसन पछि आइतबार र सोमबार बसेको गठबन्धनको बैठकबाट अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ ।

बैठक पछि सोमबार गठबन्धनद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा ३९ दिने रिले अनसन सफल भएको निष्कर्ष निकाल्दै आन्दोलनलाई निरन्तरता दिने निर्णय गरिएको छ ।

प्रधानमन्त्री केपी ओली विरुद्ध काँग्रेस र माओवादी केन्द्रले दर्ता गराएको अविस्वास प्रस्तावमा गठबन्धनका संसदहरुले समर्थन गर्ने विज्ञप्तिमा जनाइएको छ ।

चौथो चरणको कार्यक्रम अनुसार देशको विभिन्न भागमा बृहत्त अन्तरक्रिया गर्ने निर्णय गरिएको छ । साउन ५ गतेदेखि भाद्र २८ गतेसम्म अन्तरक्रिया हुनेछ ।

Gathabandhan

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.