हुलाकी न्यूज, वीरगंज, ३० भदौ । वीरगंजको माइस्थानबाट २० जनाभन्दा बढी पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ । जारी मधेश र थरुहट आन्दोलनको समर्थनमा वीरगंजको माइस्थानमा पत्रकारहरुले गरिरहेको शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

birgunj-ma-patrakaar-pakraau3

जारी आन्दोलनमा भइरहेको दमन र निर्दोष व्यक्तिहरुको हत्याको विरोधमा प्रदर्शन गरिएको थियो ।

birgunj-ma-patrakaar-pakraau2

पक्राउ पर्नेमा नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष ध्रुव शाह, द हिमालयन टाइम्सका स्थनीय संवाददाता राम सर्राफ, राससका बिजय चौहान, नागरिक तथा रिपब्लिका डेलीका रितेश त्रिपाठी, अन्नपूर्ण पोष्टका क्रान्ति शाह, नेपाल वनका नरेश सर्राफ, सेतोपाटीका अनिल तिवारी, पवन तिवारी, अलि असगर देवान, युवराज खड्का, राम कुशवाहा, दिपक कुशवाहा, एसके चौरसिया, इरफान अलि, अमित अग्रवाल, विद्यार्थी गिरी, चट्टु शाह, नरेश यादव, हरि शंकर राउत, आरके पटेल, अजय चौरसियालगायतका रहेका छन् ।

birgunj-ma-patrakaar-pakraau4

पक्राउ परेकाहरुलाई बुधबार साँझ नै रिहा गरिएको छ ।

तस्विर : द स्टेट डेली

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.