saptari rile ansan1
हुलाकी न्यूज, सप्तरी २ साउन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले जारी राखेको २४ घन्टे रिले अनसन आज १६औं दिनमा तोडेको छ ।

मधेशी मोर्चासहितको संघीय गठबन्धनले गत जेष्ठ २५ गतेदेखि असार महिनासम्मका लागि घोषणा गरेको १२ घन्टे रिले अनसनको समर्थनमा सप्तरीमा २४ घन्टे रिले अनसन सुरु गरिएको थियो ।

संघीय गठबन्धनले राष्ट्रिय संयुक्त आन्दोलनको नयाँ कार्यक्रम घोषणा गर्न लागिएकोले २४ घन्टे रिले अनसन तोडिएको मोर्चाका एक नेताले बताएका छन् ।

आज १६औं दिन रिले अनसनमा बसेका मोर्चाका नेताहरुलाई पूर्वमन्त्री तथा सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष मृगेन्द्रकुमार सिंह यादवले जुस खुवाएर अनसन तोडाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.