
हुलाकी न्यूज, काठमाडौं २ साउन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहित संघीय गठबन्धनले आन्दोलनका आगामी कार्यक्रम छलफल गर्दैछ ।
आइतबार दिउँसोबाट ललितपुरको कुपनडोलमा भइरहेको गठबन्धनको बैठकमा करिब एक महिनासम्म भएको अनसनको समिक्षा हुँदैछ ।
समिक्षासँगै आन्दोलनका आगामी कार्यक्रमका बारे छलफल भइरहेको राष्ट्रिय मधेश समाजवादी पार्टीका प्रवक्ता केशव झाले बताएका छन् ।
बैठकमा सहभागी झाका अनुसार आइतबार साँझ ५ बजेसम्म चल्ने बैठकले आन्दोलन कार्यक्रमहरु बारे निर्णय लिनेछ । आइतबार साँझसम्म सम्भव भए कार्यक्रम सार्वजनिक गरिनेछ । आइतबार सम्भव नभए सोमबार पनि छलफल हुने झाले बताए ।
बैठकमा गठबन्धनका केही नेताहरुले पार्टी अध्यक्षहरु आमरण अनसनमा बस्नु पर्ने सझुाव दिएका छन् ।



