
हुलाकी न्यूज, काठमाडौं ३१ असार । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहित संघीय गठबन्धनले गरेको रिले अनसनको अन्तिम दिन विशेष कार्यक्रम भइरहँदा आक्रमण गर्न पुगेका एमाले कार्यकर्ताहरु लखेटिएका छन् ।
खुल्ला मञ्चको अगाडि भागमा भइरहेको कार्यक्रमलाई विथोल्न एमाले कार्यकर्ताहरुले पछाडीबाट ढुँगामुढा गरेका थिए । एमाले कार्यकर्ताहरुले ढुँगामुढा गर्न थाले पछि प्रहरीले हस्तक्षेप गरेका थिए । तर पनि ढुँगामुढा जारी राखेका एमाले कार्यकर्ताहरुलाई मोर्चा र गठबन्धनका कार्यकर्ताहरुले ढुँगामुढा गर्दै धपाएका थिए ।
‘आई एम विथ केपी ओली’लेखिएको टिसर्ट लगाएका र नेपालको झण्डा बोकेका करिब चार दर्जन एमाले कार्यकर्ताहरुले ‘केपी ओली जिन्दाबाद’ र ‘मधिशे मोर्चा मुर्दावाद’को नारा लगाउँदै ढुँगामुढा गरेका थिए ।
कार्यक्रम स्थलमा रहेका युवाहरु आक्रोसित हुँदै एमाले कार्यकर्ताहरुमाथि ढुँगामुढा गर्न थाले पछि एमाले कार्यकर्ताहरु भागेका थिए ।
ढुँगामुढाको क्रममा एमाले कार्यकर्ताहरुको ढुँगा लागेर मधेशी मोर्चाका कार्यकर्ता रंजित निश्पक्ष समान्य घाइतेसमेत भएका छन् ।
एमाले कार्यकर्ताहरुलाई लखेटेकोमा गठबन्धनका नेता कुमार लिंगदेनले सम्पूर्ण कार्यकर्ताहरुको हौसला बढाएका थिए ।





चरीका सन्तानहरु अराजकतामा उत्रेर देशमा के द्वन्द्ध निम्त्याउन खोज्या हो ? ओलिले करोडौ खर्चेर जुठोपुरो खाना आएकाहरु हुन यिनिहरु हामीले नचिन्या हो र ? एस् एस् पि खनाल अमेरिका गाको मौका मा डनहरु फेरी सल्बालौन खोज्दैछन जनताले खेदी खेदी कारबाही गर्नेछन यो ओलिका पाण्डाहरुलाई होसियार यस्ता दादागिरी टिक्दैन धेरै दिन हेरी राख । महाकाली बेचेर नपुगेर अझै के खोज्दैछन ?
एमालेको केपि ओलि राजनेता होइन गुन्डागर्दीका नेता हुन यो पुष्ठि हुँदै छ ।
kp lai sampraadaik sarlhaar bhaner chinine bho
nepali janatako haina samudayako mantri
bhanera chininnchha
Bhada ka tattu haru