6 gathabandhan
हुलाकी न्यूज, काठमाडौं ३१ असार । संघीय गठबन्धनले गत जेष्ठ २५ गतेदेखि गर्दै आएको १२ घन्टे रिले अनसन आज सम्पन्न भएको छ ।

गठबन्धनको संयुक्त राष्ट्रिय आन्दोलनको तेस्रो चरणको कार्यक्रम खुलामञ्चमा रिले अनसन समाप्त भएपछि नयाँ कार्यक्रम सार्वजनिक गरिने गठबन्धनले जनाएको छ ।

अनसन सकिने बित्तिकै आन्दोलनको स्वरुप कसरी अगाडि बढाउने भन्नेबारेमा छलफल र गृहकार्य गरी साउन २ गते बस्ने बैठकले आन्दोलनको थप कार्यक्रम अगाडि सार्ने समेत गठबन्धनले जनाएको छ ।

गठबन्धनको रिले अनसनको अन्तिम दिन असार ३१ गते गठबन्धनसम्बद्ध दल र घटकहरूको ४१ जना नेता तथा कार्यकर्ताहरू अनसनमा बसेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.