prachanda in rile ansan
हुलाकी न्यूज, काठमाडौं ३१ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय गठबन्धनको रिले अनसनमा ऐक्यबद्धता जनाउँदै आफ्नै माइतमा फर्कि आएको प्रतिक्रिया दिएका छन् ।

अनसनको अन्तिम दिन ऐक्यबद्धता जनाउन आएका प्रचण्डले कांग्रेस र माओवादीबीच बनिरहेको नयाँ राजनीतिक समीकरणमा गठबन्धनलाई सघाउन आग्रहसमेत गरेका छन् ।

उनले मधेशी–जनजाति लगायतले उठाएको पहिचानको एजेन्डा आफ्नो समेत भएकोले नयाँ सरकार गठन लगत्तै सम्बोधन गर्ने आश्वासनसमेत  दिए ।

कांग्रेस–माओवादीबीच भएको सातबुँदे सहमतिबारे बताउँदै भने, ‘सहमतिपत्रको १ नम्बर बुँदामा नै आन्दोलनरत् मधेशी, आदिवासी जनजाति, थारु लगायतका जनताको समस्या राजनीतिक सहमतिका आधारमा संविधान संशोधन गरेर सम्बोधन गर्ने भनेर राखिएको छ ।’

उनले यो सहमतिले औपचारिकताका लागि मात्र होइन समस्याको वास्तविक राजनीतिक समाधान गर्ने हिसाबले वार्ता, सम्वाद र संविधान संशोधन हुँदै नयाँ राजनीतिक वातावरण निर्माण हुने विश्वास व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.