????????????????????????????????????

हुलाकी न्यूज, जनकपुरधाम ३१ असार । कृषि विकास कार्यालय धनुषाको यस अर्थिक वर्षमा ७३ लाख फ्रिज भएको छ ।

कृषि विकास कार्यालयको वर्षभरीको कार्यक्रमको प्रतिवदेन पेश गर्दै वरिष्ठ कृषि विकास अधिकृत प्रदिप ठाकुरले विभिन्न शिर्षकमा संचालित कार्यक्रम अन्तर्गत ६ करोड २१ लाख ९३ हजार कुल बजेट रहेकोमा ५ करोड ६३ लाख ५४ हजार १९ रुपैया मात्र खर्च भएको जनाएका छन् ।

कृषि प्रसार कार्यक्रममा ३ करोड ८७ लाख ५८ करोड बजेट रहेकोमा कुल ३ करोड ५६ लाख दस हजार रुपैया, सहकारी खेतीतर्पm साना सिचाई तथा मल, विउ ढुवानी कार्यक्रममा ४८ लाख ३८ हजार बजेट रहेकोमा ४७ लाख ४० हजार खर्च भएको छ ।

समुदाय व्यवस्थित सिंचित कृषि क्षेत्र आयोजना अन्तर्गत १८ लाख ५० हजार बजेट रहेकोमा १७ लाख ५० हजार खर्च भएको प्रतिवेदनमा उल्लेख छ । आलु, तरकारी तथा मसला विकास कार्यक्रममा ४३ लाख ५६ हजार वजेट रहेकोमा ३८ लाख ५६ हजार खर्च भएको छ ।

बाली विकास कार्यक्रम अन्तरगत २२ लाख ५३ हजार वजेट रहेकोमा २२ लाख ४५ हजार , राष्टपति चुरे संरक्षण कार्यक्रममा ६५ लाख १० हजार वजेट रहेकोमा ५३ लाख १० हजार खर्च भएको बताइएको छ । विशेष कृषि उत्पादन कार्यक्रममा २८ लाख ४० हजार रहेकोमा २१ लाख १० हजार खर्च भएको र घर वगैचा कार्यक्रम अन्तर्गत ७ लाख ८८ हजार वजेट रहेकोमा ७ लाख ३३ हजार खर्च भएको प्रतिवेदन पेश गरिएको छ ।

७३ लाख बजेट फ्रिज भएको वरिष्ठ कृषि विकास अधिकृत ठाकुरले बताए । किसानहरुलाई खेती गर्न सहयोग पुरयाउनका लागि पचास प्रतिसत अनुदानमा १७ ओटा पावर टिलर,४ ओटा रिपर, १७ ओटा क्याज ह्विल र १ ओटा गोडमेल गर्ने मेशिन कृषि यन्त्रीकरण वितरण गरिएको छ । जिल्लामा ७६ हजार ५ सय ३१ हेक्टर जग्गा खेती योग्य जग्गा रहेको छ भने २९ हजार हेक्टर वनजंगल रहेको छ । त्यस्तै नदी नला,आवास र सडक १० हजार ४६९ हेक्टरमा रहेको छ भने ३ हजार हेक्टर चरण क्षेत्र रहेको जनाइएको छ ।

यस्तै जिल्ला पशु विकास कार्यालयका प्रमुख डा शम्भु साहले पशु सेवा प्रसार निक्षेपित अन्तरगत कुल बार्षिक बजेट ३ करोड २६ लाख ८४ हजार निकासा भएकोमा ३ करोड १७ लाख ८८ हजार ७ स ६४ रुपैया खर्च भएको प्रतिवेदन पेश गरेका छन् ।

जसमध्ये संचालन भएका मुख्य कार्यक्रमहरुमा पशुपंक्षी उपचार सेवा विभिन्न सेवा केन्द्र र जिल्लाबाट समेत गरि १५ हजार पशुहरुमा सेवा प्रदान गरिएको, प्रयोगशाला सेवा अन्तर्गत गोवर परिक्षण, पिसाव, दुध परिक्षण, नमुना संकलन जस्ता कार्यक्रमहरु ८ हजार ७ सय ५० वटा पशुहरुमा सेवा प्रदान गरिएको, १० हजार ५ सय पशुहरुमा कृतिम गर्भाधान सेवा प्रदान गरिएको, ९ हजार ५ सय ५० जना कृषकहरुलाई पशु स्वास्थय सेवा शिवीर संचालन गरि लाभान्वीत वनाएको, पोषीलो घास अन्तरगत १ हजार ८ सय ५० जना कृषक लाभान्वीत भएको प्रतिवेदन सार्वजनिक गरेको छ ।

त्यस्तै युवा लक्षित डेरी अन्तर्गत २६ लाख स्विकृत वजेट रहेकोमा २६ लाख खर्च हुन सकेको छ । युवा लक्षित वाख्रा पालन अन्तर्गत ६ लाख स्विकृत वजेट रहेकोमा ५ लाख ८१ हजार खर्च भएको,सहकारी खेती अन्तरगत कुल वजेट ४ लाख २० हजार रहेकोमा जम्मा खर्च भएको छ । राष्टपति चुरे संरक्षण अन्तरगत ९७ लाख १२ हजार रहेकोमा ९७ लाख ९ हजार ६ सय ९५ खर्च भएको र फरेज मिशन कार्यक्रम अन्तरगत कुल वजेट १४ लाख ९२ हजार मा जम्मा रकम खर्च भएको प्रतिवेदन सार्वजनिक गरिएको छ ।

यस्तै सार्वजनिक सुनवाई कार्यक्रममा उष्ण प्रदेशिय बागवानी केन्द्र र मतस्य विकास तथा तालिम केन्द्रले पनि बार्षिक आय व्ययको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा बागवानीका प्रमुख राम सागर सिंह, मत्स्य विकास तालिम केन्द्रका प्रमुख रविलाल शर्माले प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको अन्त्यमा किसान तथा सिचाई संस्थाका अध्यक्ष कारी यादवले किसानहरुको समस्याको वारेमा वताएका थिए । जनकपुर टुडेबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.