????????????????????????????????????

हुलाकी न्यूज, काठमाडौं ३० असार । सद्भावना पार्टीका सह–अध्यक्ष तथा सांसद लक्ष्मण लाल कर्णले मधेशी अहिले सरकारमा कुनैपनि हालतमा नजाने बताएका छन् ।

उनले जबसम्म मधेशीको अधिकार संविधानमा सुनिश्चित हुँदैन तबसम्म मधेशी मोर्चाका घटक दलहरु सरकारमा सामेल नहुने प्रतिबद्धता जनाएका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा सांसद कर्णले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढल्दा सिंगो मधेश खुसी रहेको टिप्पणी गरेका छन् ।

उनले भने, ‘मधेश आन्दोलनको क्रममा मधेशी आन्दोलनकारी मर्दा प्रधानमन्त्री ओलीले एक–दुई आँप झरेको भन्ने टिप्पणीका गरेका थिए । अहिले ओली सरकार ढल्न लागेपछि समग्र मधेशका जनता खुशी मुद्रामा छन् ।’

नेता कर्णले ओलीको त ढल्नै पर्ने थियो भन्दै जेहोस् नश्लवादी र भ्रष्टाचारी सरकार ढलेपछि देशले निकास पाउने उनको कथन थियो । उनले ओली सरकारकिो विपक्षमा मधेशी मोर्चाले मत हाल्ने बताए ।

उनले संविधानमा मधेशीको अधिकार सुनिश्चित भएको भोलिपल्टै सरकारमा जाने बताएका छन् । उनले कांग्रेस र माओवादीसँग अहिले पनि मधेशी मोर्चाको पूर्ण विश्वास नभएको टिप्पणी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.