Bigyanbhawan
तिवारी यादव, बारा ३० असार ।
संचालनमा नआउँदै विज्ञान भवन जिर्ण भएको छ । त्रिभुवन राजपथ अन्तर्गत बिरगंज–पथलैया करिडोरमा पर्ने श्री भोज भगत उच्च माबिको बिज्ञान भवन संचालन नहुँदै जिर्ण बनेको छ ।

बारा जिल्ला लिपनिमाल गाविसकै एक जनाले आफ्नो पतिको नाममा २२ कठा जग्गा दान गरेकी थिइन् । बिद्यालयले २०६७ सालमा त्यो जग्गामा पुर्ब प्रअ रामअयोध्या साह सोनार र निबर्तमान ब्यवस्थापन समितिका अध्यक्ष बिनोद गुप्ताको पालामा बिज्ञान भवन बनाउने प्रारम्भ गरेको थियो ।

२०७० सालमा त्यो सफल पनि भयो । त्यही सालमा समितिको विघटन भयो र तीन वर्ष बितिसक्दा पनि अहिलेसम्म कुनै नयाँ समिति बन्न सकेको छैन ।

हालका प्रअ पप्पु सिंहले कुनै चासो नदिएको स्थानीयहरु भनाइ छ । र त्यो बिज्ञान भवनमा आजकल गाउँमा आएको जन्ती वास हुने गरेको छ ।
दुई महिना पहिला बिधालयको बिज्ञान भवनको अनुगमन गर्दा ंबाराका जिसिअ धन प्रसाद पोख्रेल भनेका थिए,‘म पनि नयाँ आएको छु । पहिले नयाँ समिति गठन गर्ने प्रक्रियामा लाग्नु पर्यो त्यसपछी यो बारे बुझौला र सन्चालन गरौंला ।’

बिद्यालयको मुल भवनमा परवानिपुर बजारमा संचालनमा रहेको छ र त्यो भवनमा शिक्षा संकाय, ब्यवस्थापन संकाय र बिज्ञान संकाय पढाई हुन्छ तर मुल भवनमा पढाई हुने खाचो भएको कारण समितिले निर्णय गरे अनुसार भवनको निर्माण भयो । तर अहिले बिधालयको समिति नुहँदा विद्यार्थीहरुको साटो गाउँमा आएको जन्ती बस्ने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.