Baikunth Das
हुलाकी न्यूज, जनकपुरधाम ३० असार ।
एक जना सरकारी कर्मचारीको हत्या अभियोग लागेका रत्नसागर मठका महन्थ बैकुण्ड दासलाई अदालतले सफाई दिएको छ ।

जिल्ला शिक्षा कार्यालय महोत्तरीका अधिकृत लालकिशोर झा हत्या प्रकारणमा प्रहरीले महन्थ दासलाई मुख्य आरोपि बनाएका थिए ।

जिल्ला अदालत धनुषाका न्यायधिश ओमकार उपाध्ययको एकल इजलासले बुधबार महन्थ दाससहित जनतान्त्रिक तराई मुक्ति मोर्चा(राजन समूह)का अध्यक्ष राजन मुतिm भनिने रंजितकुमार झालाई पनि सफाई दिएको छ ।

यसै घटनामा मुछिएका अन्य चार जनालाई अदालतले जेल सजाय सुनाएको छ । शिवकुमार ठाकुरलाई सर्वस्वसहित जन्मकैद, बिजली सिंह भन्निे राकेश पाण्डे, सुशिल अधिकारी यादव र मनिष चौधरीलाई जन्मकैदको सजाय सुनाएको अदालतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मनिष चौधरी हाल फरार रहेको छ । विस २०६७ कातिक ११ गते जनकपुर निवासी जिल्ला शिक्षा कार्यालय महोत्तरीमा कार्यरत्त झाको कार्यालय जाने समयमा जनकपुरमै गोली प्रहार गरी हत्या गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.