
हुलाकी न्यूज, काठमाडौं २९ असार । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहित संघीय गठबन्धनले प्रधानमन्त्री केपी ओली विरुद्धको अविस्वासको प्रस्तावमा समर्थन जनाएको छ ।
बुधबार नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको मोर्चाको बैठकबाट काँग्रेस र माओवादी केन्द्रले दर्ता गरएको अविस्वासको प्रस्तावलाई समर्थन गर्दै मोर्चाले पनि हस्ताक्षर दर्ता गराएको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाले मोर्चाका नेताहरुलाई भेटी मौखिक प्रतिवद्धता जनाएकोले उनीहरुको समर्थन गरिएको मोर्चाका नेताहरुले हुलाकी न्यूजलाई बताएका छन् ।
सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले हुलाकी न्यूजसँग कुराकानी गर्दै मधेशी मोर्चासहित संघीय गठबन्धनमा रहेका ४२ जना संसदहरुले अविस्वासको प्रस्तावको समर्थन गरेको जनाए । महतोका अनुसार २० जनाभन्दा अधिक संसदहरुद्वारा हस्ताक्षर बुझाईएको छ भने केही संसदहरु काठमाडौं बाहिर रहेकोले आउने वितिकै हस्ताक्षर बुझाईनेछ ।
बुधबारको मोर्चाको बैठकबाट सरकारमा सहभागि नहुने विषयमा पनि निष्कर्ष निकालिएको अध्यक्ष महतोले बताए । महतोले भने,‘सरकारमा सहभागी नहुने विषयमा मोर्चाका सम्पूर्ण घटक सहमत रहेको छ । सरकारमा जाँदैनौं ।’
file: photo




Good decision by the Madheshi Morcha. However, we would like to know some details of माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाले मोर्चाका नेताहरुलाई भेटी मौखिक प्रतिवद्धता जनाएको. What is that commitment? Morcha politicians, if they are truly representing Madheshi community and if they are really concerned about the aspiration and future of Madheshi youths who are in majority in Madhesh, should be transparent and communicate to the Madheshi people the details.