morcha1
हुलाकी न्यूज, काठमाडौं २९ असार ।
संसदमा रहेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका दल तथा संघीय गठबन्धनका प्रतिनिधिहरुबीच सरकारका विषयमा छलफल हुँदैछ ।

आगामी सरकारमा जाने वा नजाने तथा प्रधानमन्त्री केपी ओलीमाथि ल्याउन लागिएको अविस्वासको प्रस्तावका विषयमा छलफल भइरहेको सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले हुलाकी न्यूजलाई बताए ।

नयाँ बानेश्वरस्थित संसद भवनमा दुई बजेबाट सुरु भएको मोर्चाको बैठकमा परिर्वतित राजनीतिक विषय बारे विशेष छलफल हुने मोर्चाका नेताहरुले बताएका छन् ।

यसअघि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेशी मोर्चाको माग पुरा हुने आधारहरु तय नभएसम्म सरकारमा नजाने बताइ सकेका छन् ।

file :photo

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.