Parwanipur_bajar
तिवारी यादव, बारा(परवानीपुर) २९ असार ।
बारा जिल्लाको लिपनिमाल ६ परवानिपुर बजार जिल्लाकै चर्चित रहे पनि आधुनिक बजार बनाउने योजना नक्सा मै सिमित रहेको छ ।

करिब २० गाउँका मानिसका लागि रहेको यो बजारमा जताततै फोहर रहेको छ । बजारलाई आधुनिक बनाउने बजेट छुटट्याए पनि आजसम्म बन्नेको छैन ।

२०७२ जेठको अन्तिममा निबर्तमान गाबिस सचिव आशमहम्मद अन्सारीले बारा जिल्लाका स्थानिय बिकास अधिकारी, प्रहरी उपरीक्षक र स्थानिय राजनीतिक दल, बुदिजिबी, नागरिक समाजको उपस्थितिमा आधुनिक बजारको नक्सासहित योजना सार्वजनिक गरे पछि अहिलेसम्म निर्माण हुन सकेको छैन ।

एक महिनाका लागि बजार खाली गर्न सूचना निकाल्ने र बजार खाली गर्न तयारी भए पनि मधेश आन्दोलनका कारण केही काम रोकिएको थियो । तर आन्दोलन सकिए पनि कुनै काम अगाडि बढेको छैन ।

निर्बतमान गाबिस सचिव आशमहम्मद अन्सारी निलम्बित छन् र उहाँको स्थानमा रहेका ललनराम नेपालीसँग कुरा गर्दा उनी भन्छन्,‘म त भर्खर आएको छु,‘ बिस्तारै बिस्तारै कुरा बुझेर काम अगाडि बढाउनेछु ।’ उनी बजारको बजेट बारे कुरा गर्न मान्दैनन् ।

बजारको प्रत्येक वर्ष ठेक्का हुने गरे पनि त्यसको आम्दनीको बारे कुनै जानकारी नदिइएको स्थानीयहरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.