हुलाकी न्यूज, रौतहट, २९ असार । अनुगमन टोलीले रौतहटमा संचालन रहेका दुइवटा पेट्रोल पम्पलाई शिल गरेको छ ।

नाप तौल क्षेत्रीय कार्यालय विरगंज, जिल्ला प्रसाशन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त रुपमा अनुगमन गर्न गएका टोलीले कमि पेट्रोल डिजल विक्री गर्ने स्थानीय गाउ विकास समिति सरमुजवा वार्ड नम्बर ८ स्थित बंकुलमा संचालन रहेको प्रविन आयल स्टोर्स र ओम आयल ट्रेड कन्सर्समा शिलबन्दी गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले बताएका छन् ।
प्रवीण आयलले प्रति १० लिटर डिजेलमा ४० मिलि लिटर घटी पाईएको तथा एउटा मसिन बन्द रहेको र ओम आयलमा प्रति १० लिटर पेट्रोलमा ६० मिलि लिटर घटी देखिएको शिलवन्दी गरिएको हो । पम्पको संचालकहरु फरार रहेको ले खोज तलास गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.