हुलाकी न्यूज, राजविराज २९ असार । पक्राउ परेका एक व्यापारीलाई यातना दिएको आरोपमा प्रहरी निरीक्षक र दुई प्रहरीलाई कारबाही हुने भएको छ ।

सप्तरी जिल्ला न्यायाधीश पशुपति आचार्यको इजलाशले गत बुधबार फैसला गरेपछि इलाका प्रहरी कार्यालय कञ्चनरुपका तत्कालीन प्रहरी निरीक्षक मेघराज थापा, प्रहरी जवान झनक बास्तोला र श्रवण कामतले कारबाही स्वरुप१५ हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने भएको हो ।

उनीहरुलाई विभागीय कारबाहीका लागि सिफारिससमेत भएको स्रेस्तेदार नरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । अदालतले यातना दिएको आरोपमा प्रहरी निरीक्षक थापा, प्रहरीहरु बास्तोला र कामतलाई विभागीय कारबाहीको सिफारिशसहित क्षतिपूर्ति भराउन फैसला गरेको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.