
हुलाकी न्यूज, काठमाडौं २८ असार । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकारको प्रमुख सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि ओली सरकार ढल्ने निश्चित नै भइसकेको छ ।
ओली नेतृत्वको सरकारलाई अब यदि कसैले जोगाउन सक्छ भने त्यो आन्दोलनरत् संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा ।
तर, मधेशी मोर्चाको समर्थन पाउनु ओलीका लागि असम्भव जस्तै छ । हुन त राजनीतिमा केही पनि असम्भव हुँदैन । तर, अहिले मधेशी मोर्चा पनि अग्निपरीक्षामा छ ।
हिन्दीमा एउटा कहावट छ, ‘जैसी करनी वैसी भरनी’, अर्थात जस्तो कार्य गर्छ त्यसको प्रतिफल त्यहीं अनुरुप आउनु गर्दछ ।
प्रधानमन्त्री ओलीको विगतलाई हेर्ने हो भने मधेशीलाई मान्छे नै नगन्ने, मधेशी मरिरहँदा टुक्का उखान गरी बस्ने, मधेशीको टाउको र छातीमा गोली बर्साउने लगायतका कार्यशैलीका कारण मधेशी मोर्चा कुनै पनि हालतमा समर्थन गर्ने देखिदैन ।
तैपनि, ओलीलाई अब मधेशी मोर्चाले मात्र बचाउने सक्ने सम्भावना रहेको छ ।
ओली प्रधानमन्त्री हुनु अगाडीदेखि नै मधेसी मोर्चा आन्दोलनमा छ र उसले ११ बुँदे माग राखिरहेको छ । र, अब यदि सरकार गठनको प्रक्रियामा सामेल हुँदा मोर्चाले ओलीबाट ती माग पुरा गराउन खोज्नेछ ।




If Madheshi Front supports Oli and company,it would be the unbelievable betrayal against Madhesh andolan, Madheshi Martyrs and eventually the whole Madheshi people.
Madheshi leader, please be aware of this truth.
Madheshi leader shouldn’t support to Oli.