हुलाकी न्यूज, जनकपुरधाम, ३० भदौ । प्रहरीको गोली लागेर मृत्यु भएका तीन जनाप्रति श्रद्धाञ्जली अर्पण गर्दै जनकपुरधाममा सामूहिक मुण्डन गरिएको छ । जनकपुरको रामानन्दचौकमा समाजवादी विद्यार्थी संघका विद्यार्थी अगुवाहरुले सामूहिक मुण्डन गराएर सहिदहरुलाई श्रद्धाञ्जली दिएका हुन् ।

गत शुक्रबार प्रहरीको गोली लागि बालक नीकु यादव, संजय चौधरी र दिलीप यादवको मृत्यु भएको थियो । उनीहरुको मंगलबार सामूहिक अन्त्येष्टि गरिएको छ ।

तस्विर : पुरन साह

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.