
हुलाकी न्यूज, काठमाडौं २८ असार । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिहरु कार्यान्वयन नगरेको भन्दै नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएको छ ।
मंगलबार ओली सरकारबाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समर्थन फिर्ता लिएको घोषणा गरेका छन् ।
प्रचण्डले प्रधानमन्त्री ओलीको नाममा पत्र पठाउँदै बैशाख २३ गते नेकपा एमाले र माओवादी केन्द्रबीच भएको नौ बुँदे सहमति र तीनबुँदे भद्र सहमति कार्यान्वयन नभएको सरकारमा रहिरहन राजनीतिकरुपले उपयुक्त नहुने पत्रमा उल्लेख गरेका छन् ।
साथै माओवादीका सबै मन्त्रीहरुलाई मन्त्रिपरिषद्बाट फिर्ता बोलाइएकोसमेत जानकारी गराइएको छ । यो निर्णयबाट राष्ट्रिय सहमति निर्माणमा सहयोग पुग्ने विश्वास प्रचण्डले व्यक्त गरेका छन् ।



