
हुलाकी न्यूज, काठमाडौं २८ असार । ‘सुगौली सन्धीको दुई सय वर्ष पछि मधेशीको अवस्था’ विषयक प्यानल डिस्कसन काठमाडौंमा हुँदैछ । मधेश मानव अधिकार(मधुर) अमेरिका र हुलाकी न्यूजडटकमको आयोजनामा हुन लागेको यस कार्यक्रममा विभिन्न विद्धानहरुले बहस गर्दैछन् ।
सन् १८१६ मा भएको सुगौली सन्धीको यस वर्ष दुई सय वर्ष पुरा भएको छ । यसै सुगौली सन्धीको आधारमा मधेशको भुभाग नेपालमा गाभिएको थियो ।
आज(मंगलबार) हुने यस कार्यक्रममा विश्लेषक सीके लाल, विचारक प्रदिप गिरी, लेखक तथा पत्रकार राजेन्द्र महर्जन र सुगौली सन्धी सम्बन्धी जानकार गोपाल ठाकुरबीच बहस हुँदैछ ।
दिउँसो दुई बजेबाट सुरु हुने कार्यक्रममा ठाकुरले सुगौली सन्धी पछि मधेशीको अवस्था विषयमा कार्यपत्र प्रस्तुत गर्ने छन् । नेपालको क्रान्तिमा सुगौली सन्धीको महत्व र मधेशका विषयमा विश्लेषक लालले विचार राख्नेछ । त्यस्तै विचारक गिरी र पत्रकार महर्जनले आ–आफ्नो विचार राख्ने छन् ।
कार्यक्रमको अन्त्यमा प्यानल डिस्कनसहित उठेका प्रश्नहरुमाथि छलफल हुनेछ । यस कार्यक्रमलाई मधेशका विभिन्न जिल्लाका एफएमहरुबाट प्रत्यक्ष प्रसारण सुन्न सकिनेछ । त्यस्तै इन्टरनेट रेडियो http://mixlr.com/hulakiradio/ मा लाईभ र हुलाकी न्यूज डटकमको फेसबुक पेज www.facebook.com/hulakinews बाट लाईभ भिडियो हेर्न सकिनेछ ।
यस कार्यक्रमको आयोजक मधुर र हुलाकी न्यूज भएपनि कार्यक्रमलाई विभिन्न ११ वटा संस्थाले सहयोग गरेका छन् । प्रत्यक्ष प्रशारण हुने एफएमहरु निम्न छन् ।
१ सुनसरी – पपुलर एफएम ९९.५ मे
२ सप्तरी – छिन्नमस्ता एफएम १०१.४ मे
३ सिरहा – रेडियो धडकन ८९.६ मे
४ धनुषा – रेडियो टुडे ९१ मे
५ महोत्तरी – रेडियो मिर्ची ८९.६ मे
६ सर्लाही – रेडियो मधेश ८९.३ मे
७ रौतहट – कोहिनुर एफएम ९७.७
८ बारा – रेडियो बादल ८९ मे
९ पर्सा – रेडियो तराई १०७ मे
१० कपिलस्तु – रेडियो समानता १०५.४ मे
११ बाँके – मोरनिङ्ग स्टार एफएम ९० मे
१२ नवलपरासी– रेडियो सुनवल ८७.८ मे
यस कार्यक्रमको सहयोगी तथा सुवेक्षु संस्थाहरु
१) मधेशी पत्रकार संघ
२) तराई इन्जिनियर समाज
३) मधेशी एण्ड इन्डिजिनियस लयर्स एशोशिएशन
४) थारु विद्यार्थी समाज
५) तराई विद्यार्थी नवजागरण संघ(पुलचौक इन्जिनियरिङ्ग)
६) तराई विद्यार्थी संघ (थापाथली इन्जिनियरिङ्ग)
७) बर्दियाली थारु विकास मञ्च
८) ‘चम्पन’ सांस्कृतिक समूह
९) सर्वहित समाज
१०) दलित युथ एलायन्स
११) भोजपुरी अध्ययन तथा अनुसन्धान केन्द्र




This is really help we madhesi pepole to goahead and know reality of madhesh .
If Greater Nepal is awarded to Nepal, as before Sugauli treaty, Nepalese will be in minority. Our present day leaders shall have no place then. Prof. Mohendra Lama or such persons will lead the country. The terai problems shall be solved.