bijaykumar gachchhadar
हुलाकी न्यूज, सुनसरी २७ असार । मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) अध्यक्ष विजयकुमार गच्छदारले राष्ट्रिय सहमतिको सरकारले जसले नेतृत्व गरेपनि आफूहरुलाई कुनै आपत्ति नरहेको बताएका छन् ।

राष्ट्रिय सरकारको बहस चलिरहँदा उपप्रधानमन्त्रीसमेत रहेका गच्छदारले केपी ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहालमध्ये जो प्रधानमन्त्री भएपनि आफूलाई स्वीकार्य हुने बताएका छन् ।

सोमबार सुनसरीको दुहवीमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सर्वदलिय सहमतिको सरकार आवश्यक रहेको बताएका हुन् ।
आफूले राष्ट्रिय मुद्दाहरुमा शीर्ष नेताहरुलाई एक ठाउँमा उभ्याउन विगतमा खेलेको भूमिकाझैं योपटक पनि आफूले भूमिका खेल्ने बताए ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.