kustrogi
सरोज राय

शनिबार राती हामी रौतहटको कुष्ठरोगीको घर पुगेर उनीहरू (नारायण बैठा र ईनरदेव राम)लाई ईलाजको लागी लालगढ अस्पताल ल्याउन सहमति समाजबाट भएको थियो ।

आइतबार विहान त्यही क्षेत्रका शहिद मेहरूदिनको परिवार संग भेटघाट गर्न गए र पछि कुष्ठरोगीलाई लालगढ लग्न उनीहरूको गाउँ पुगे पछि त्यहा अचम्भको कुरा थाहा पाए ।

हामीले पहल गरिरहेको कुरा फैलेपछि आइतबार विहान नै दुई जना आएर हामी पुग्नु भन्दा पहिला नै कुष्ठरोगीलाई लगि सकेको रहेछ ।
शुरूमा खुशी लाग्यो जसले लगे पनि कुष्ठरोगीलाई भलो नै हुन्छ तर पछिबाट थाहा पाए कि उनीहरू यहाँका दुईजना कुष्ठरोगीलाई एउटै मोटरसाईकलमा राखेर लग्यो । स्थानियहरूले उनीहरूलाई हाम्रो वारेमा जानकारी पनि गराए कि लालगढ ईलाजको लागी गाडी लिएर आउनु भएछ । चपुरबाट आएका तिनीहरू कुष्ठरोगीलाई आनंन्द वन, काठमाण्डु लग्ने कुरा गर्दै आनन फÞाननमा एउटै बाईकमा दुवैजना कुष्ठरोगीलाई राखेर लगे ।

जहिले पनि कुष्ठरोगीलाई लिन हास्पिटलबाट गाडी आंउछ तर यिनीहरू जे मनसायले लगे पनि आशा गर्छु यि कुष्ठरोगीको उपचार राम्रोसंग होस र बढी मेडियावाजी नहोस् । किनभने अस्ति मेडियाले जुन अनुसार कुष्ठरोगीको समाचार देखायो त्यसमा भ्रम बढी थियो ।

कुष्ठरोगीलाई गाउबाट निकाल दियो रे, आफन्तले दुख दियो रे आदि ईत्यादि । विभिन्न प्रकारको कुष्ठरोगमा एउटा सरूवा पनि हन्, गाउघरको चलन अनुसार बढी प्रभावित कुष्ठरोगी लाई अलग थलग नै राखिन्छ ।

यहाँका कुष्ठरोगी लाई अलगथलग राखिए पनि सम्पूर्ण देखभाल गाँउवासी र आफन्तबाट नै भै रहेको थियो ।
यस गाउमा थप एकजना कुष्ठरोगी अकलु महतो अझै हुनुहुन्छ, अब निजको ईलाजको लागी पहल गर्दै ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.