Prabhu_sah_usa
हुलाकी न्यूज, न्यूर्योक २६ असार ।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति प्रभु साहले नेपालको संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलन गरिरहेकाहरुको माग बारे संयुक्त राष्ट्र संघका अधिकारीहरुलाई जानकारी गराएका छन् ।

न्यूर्योकस्थित संयुक्त राष्ट्र संघको केन्द्रीय कार्यालयमा सभापति साह र राष्ट्र संघका अधिकारीहरुबीच भएको भेटघाटमा सभापति साहले मधेशी–आदिवासीहरुको अधिकार कटौति गरिएको भन्दै उनीहरुले आन्दोलनमा रहेको जनाएका थिए ।

सभापति साहले आन्दोलनरत पक्षको मागहरु बारे जानकारी गराउँदै वार्ताको मध्यमबाट समस्या समाधान गर्नका सहयोग गर्न आवश्यक रहेको पनि औल्याए ।

संयुक्त राष्ट्र संघका लागि परमानेन्ट अवर्जभर(इन्टर पारलियामेन्ट युनियन)का पाडी टोर्सनी, इन्टरनेशनल ओर्गनाईजेशन फर माईग्रेसन(आईओएम) संयुक्त राष्ट्र संघका असरफ इ न्योर र सभापति साहबीच भेटघाट भएको थिया ।

Prabhusah-1

भेटघाटमा नेपालमा भूकम्प पछिको पुर्ननिर्माणमा सहयोग गर्ने विषयमा पनि छलफल भएको सभापति साहले हुलाकी न्यूजलाई बताए । त्यस्तै नेपाली कामदारहरुलाई सहजताका लागि पहल गर्न आईओएमलाई आग्रहसमेत गरे ।

भूकम्पमा क्षतिग्रस्त भएका पूर्वाधार तथा पौराणीक धरोहरहरुको पुर्ननिर्माणमा सहयोगका लागि सभापति साहले आग्रह गरेका थिए । नेपालको पौरानीक धरोहर विश्वकै लागि महत्वपूर्ण रहेकोले पुर्ननिर्माणमा सहयोग आवश्यक रहेको साहले बताए थिए ।

नेपाली श्रमिकहरुलाई अमेरिकामा काम गर्नका लागि सहज वातावरण मिलाउन साहले आग्रह गरेका थिए । नेपालीहरुका लागि भिसा प्रक्रिया झन्झटिलो रहेको बताउँदै प्रक्रियाहरुलाई सहज र नेपाली कामदारहरुलाई प्राथमिकतामा राख्न सभापति साहले आग्रहसमेत गरेका थिए ।

कामदारका विषयमा अधिकारीहरु निकै सकारात्मक रहेको साहले बताए । छलफलको परिणाम सकारात्मक आउनेमा आफु निकै आशावादी रहेको सभापति साहले जनाए ।

आन्दोलनरत पक्षका विषयमा राष्ट्र संघका अधिकारीहरुले वार्ताको मध्यमबाट समस्या समाधान गर्न सरकारलाई अग्रसर हुनु पर्ने बताएका थिए भने पुर्ननिर्माण र कामदारका बारे पनि सकारात्मक रहेको साहले बताए ।

भेटघाट पछि सभापति साह नेपाल फर्किने कार्यक्रम रहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.