padyatra
हुलाकी न्यूज, महेन्द्रनगर २६ असार । दुधमति गरिमा संरक्षण अभियानकर्ताहरुद्वारा शनिबार क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरको पेपर मिल छेउमा रहेको दुधमतिको उद्गमस्थलबाट पदयात्रा आरम्भ गरिएको छ ।

जनक जननी माता जानकी जीवनसँग सम्बद्ध तथा प्राचीन मिथिलाको अवशेषको रुपमा रहेको दुधमति गंगाको संरक्षणका लागि माता दुधमतिको दर्शन र पुजाआजा गरी आरम्भ गरिएको छ ।

मिथिलाको पवित्र दुधमति गंगा अतिक्रमणहरुका चपेटामा लोपोन्मुख हुँदै गएका बेला दुधमति संरक्षणतिर आमजनतामा जनचेतना जगाउने उद्देश्यले आरम्भ पदयात्रा दल उदगम स्थलबाट हिंड्दै दुधमतिको दुरावस्था अध्ययन अवलोकन गर्दै छेउछाउमा रहेको धार्मिकस्थल साथै बसपिट्टि घाट हुँदै बसपार्क छेउ बेला गाउँको गणिनाथ गोविन्द मन्दिर रहेको उत्तरी भागमा दुतमति मन्दिरसम्म पुग्ने कार्यक्रम रहेको प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार राजेश्गवर नेपालीले बताए ।

पदयात्रामा पत्रकार उपेन्द्र भगत नागवंशी, दुधमति संरक्षण अभियानका अभियन्ता भोगेन्द्र लाल कर्ण, राधवेन्द्र साह, राधिका पौडेल, सीता तिमल्सिना लयागत एक दर्जनभन्दा बढी महिला तथा पुरुषहरु रहेका छन् ।

1 COMMENT

  1. सब भन्दा पहिले दुधमती पबित्र स्थान लाई सरसफाइ ।
    दुधमती मा आयेका बजेट सार्वजनिक स्थान मा खुल्ला रुपमा विवरण पेस गर्नु।
    दुधमती युवा कलब लाई सधै राजनीति दलहरू बाट टाढा राखी जन कल्याण को बिकास मा केन्द्रीकृत राख्नु अति आवश्यक । कल्ब नाम दुरुपयोग गरि केही हिनामिना गरेको खण्ड मा कडा कानुनी कारबाही हुनु पर्ने । सब को बिचार एक हुनुपर्ने । दुधमती स्थान मा जाने मार्ग लाई राम्रो बन्दोबस्त मिलाउनु पर्ने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.