हुलाकी न्यूज, जनकपुरधाम २५ असार । नेकपा क्रान्तिकारी माओवादी जिल्ला कार्य समिति धनुषाको बैठकबाट पार्टी पुनर्गठन गरेको छ ।
क्रान्तिकारी माओवादीको केन्द्रिय सदस्यसमेत रहेका रोशन जनकपुरीको अध्यक्षता तथा पोलिटव्यूरो सदस्य एवं कृष्णदेव सिंह दनुवार एवं केन्द्रिय सल्लाहकार शीतल कर्णको उपस्थितीमा बसेको बैठकले ३५ सदस्यीय कार्य समिति गठन गरेको छ भने १३ सदस्यीय सचिवालय समिति समेत गठन गरेको छ ।
जनकपुरमा बसेको बैठकबाट केन्द्रीय समितिले जारी गरेको सर्कुलर अनुसार राष्ट्रिय भेलामा पारित निर्णयहरु बारे जानकारी गराई पार्टीको आगामी कार्यदिशा बारे पार्टीमा माथि देखि तल्लो कमिटी सम्म बहस चलाउने, देशमा जारी मधेशी, आदीवासी, जनजाती आदी उत्पीडित जाति, समुदाय, र क्षेत्रका जायज आन्दोलनहरुलाई समर्थन गर्ने, सहभागि हुने र उत्पीडित वर्ग समुदायको पक्षमा स्वतन्त्र पहलमा आन्दोलन विकसित गर्ने र ०७३ फाल्गुामा पार्टीको राष्ट्रिय सम्मेलन गर्ने लगायतका निर्णय समेत गरेको छ ।
त्यस्तै जिल्ला पार्टीको पुनः गठन गर्दै जिल्ला सेक्रेटरीमा खेमराज यादव र जबस मोर्चा तथा संयक्त मोर्चाको प्रमुखमा नन्दकुमार झालाई चयन गरेको छ ।
पुनःगठन गरिएको जिल्ला समितिमा खेमराज यादव सेक्रेटरी, नन्द कुमार झा जबस मोर्चा तथा संयूक्त मोर्चाका प्रमुख, बिसे राय, रतन लाल कर्ण, अम्बिका यादव, भुल्ला राय, मन्दिप झा, झमक बहादुर, बेचन मुखिया, तिरपित महरा, हरी लाभ, श्रवती मण्डल, विमला देवी मुखिया, राम सकल राउत, ललन साह, रामजतन मण्डल, राम सौगारथ मण्डल, सीताराम दास, रामवरण, लगायतका रहेका छन् । भने सचिवालय समितिको बैठकबाट एरिया सेक्रेटरीहरु र अन्य कार्य विभाजन र जिल्ला समिति सदस्यहरु थप गर्ने निर्णय गर्ने इन्चार्ज रोशन जनकपुरीले बताए ।



