accident
अमरेन्द्र कुमार यादव, धनुषा २५ असार । जनकपुर ढल्केवर सडक खण्ड अन्र्तगत धनुषाको मिथिला नगरपालिका नकटाझिझ स्थित हस्पिटल चोकमा बसको ठक्करबाट दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

ढल्केवरदेखि जनकपुर तर्फ आईरहेको ना३ख १७७२ नम्बरको बसले विपरित दिशाबाट गईरहेको स५प १९७७ नम्बरको मोटरसाईकलाई एक्कासी ठककर दिदा मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परि मृत्यु भएको व्यक्तिको नाम वतन खुल्न नसकेको र हाल मृतकहरुको शवको पोष्टमार्ठमका लागि जनकपुर अञ्चल अस्पतालमा पठाईएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका ईनसपेक्टर लक्ष्मण सिंह ठकुरीले बताएका छन् ।

इन्सपेकटर ठकुरीका अनुसार ठक्कर दिने बसका चालक फरार रहेको र चालकको खोजतलास भईरहेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.