ansan2
हुलाकी न्यूज, काठमाडौं २५ असार । जेष्ठ २५ गतेदेखि १२ घन्टे रिले अनसन गर्दै आएको संघीय गठबन्धनले अब राजमार्गकेन्द्रित आन्दोलन गर्ने भएको छ ।

रिले अनसनले सरकारलाई कुनै दबाब नपुगिरहेको भन्दै अब वार पारको लडाइ लड्न राजमार्गकेन्द्रित आन्दोलन गर्न बाध्य भएको गठबन्धनका एक नेताले बताए ।

संघीय गठबन्धनको केन्द्रीय सचिवालयको बैठकले असोज पहिलो साताबाट निर्णायक आन्दोलन गर्ने निर्णय गरेको छ । सचिवालयको शुक्रबार बसेको बैठकले भदौभरीमा गठबन्धनका नेता–कार्यकर्ताहरुलाई प्रशिक्षणलगायत तयारी पूरा गरी असोजबाट निर्णायक आन्दोलनमा होमिने निर्णय गरेको हो ।

साथै गठबन्धनले खुलामञ्चमा जारी राखेको गठबन्धनको रिले अनसनलाई साउन महिनाभरीका लागि लम्ब्याउने पनि निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.