
हुलाकी न्यूज, काठमाडौं २५ असार । निर्वाचन आयोगको प्रमुख आयुक्तमा अयोधिप्रसाद यादव अनुमोदन भएका छन् ।
संसदीय सुनुवाइ विशेष समितिले आयोगको प्रमुख आयुक्तमा यादवको नाम अनुमोदन गरेको छ ।
समितिले शुक्रबार फिर्ता पठाउनुपर्ने आधार र कारण नदेखिएको ठहर गर्दै यादवको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको हो ।
समितिले अनुमोदन गरेको पत्र राष्ट्रपति कार्यालयमा पठाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नियुक्त गर्नेछिन् ।



