bilincs
हुलाकी न्यूज, राजविराज २५ असार ।
नेपालको संविधानले धर्मनिरपेक्ष घोषणा गरे पछि गौहत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सप्तरीमा गौहत्या गरेर फरार भनिएका कासिम मन्सुरीलाई प्रहरीले शुक्रबार अपराह्न पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सप्तरी, बैरवा गाविस–५ का ५५ वर्षीय मन्सुरीलाई उनको घरबाटै पक्राउ गरेको प्रहरी निरीक्षक गौरव महतले बताए ।

राष्ट्रिय समाचार समितिका अनुसार मन्सुरीलाई २०७२ साल साउनमा गौहत्या गरेको आरोप लगाइएको छ । अन्य फरार अभियुक्तको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै दुई वर्षदेखि वन मुद्दामा फरार कञ्चनरुप नगरपालिका–९ की ३५ वर्षीया लक्ष्मी चौधरीलाई समेत प्रहरीले आजै पक्राउ गरेको छ । चौधरीलाई २०७१ सालमा जिल्ला अदालत राजविराजले वन मुद्दाको आरोपमा रु १० हजार ४२० जरिवाना गरेको थियो ।

2 COMMENTS

  1. एडमिन हेडिंग भी कुछ अच्छा बना य हेडिंग हूलाकी न्यूज़ को सोभा नही देता।

  2. हैन तपाई हरु ले अरु कुनै शीर्षक भेट्नु भएन ..कि ज्ञान को कमि छ / नेपाल धर्मनिरपेक्ष भएर पनि हिन्दु बाहुल देश हो र नेपाल को राष्ट्रिय जनावर गाय हो तेई भएर नेपाल मा गाय हत्या गर्न निषेध छ /समाचार लेख्दा हल्का संबेदनशील भएर लेख्नुस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.