परमेन्द्र भगत
२००६ अप्रिल क्रान्तिका विरुद्ध प्रतिक्रान्ति भईसक्यो । मधेसी क्रान्ति विरुद्ध प्रतिक्रान्ति भइसक्यो । प्रमाण संविधान मस्यौदा हो । अहिलेको मधेसी जनजाति क्रान्ति २०१५ ले अन्तरिम संविधान राख्ने गरी यो सरकार र यो संविधान सभा फाल्नु पर्छ । चैतमा तेस्रो संविधान सभाको चुनाव हुने गरी ।
एउटा क्रान्तिकारी अन्तरिम सरकारको खाँचो देखियो । जसले क्रान्तिकारी सीमांकन र नामांकन गरोस् । अंतरिम संविधान, पहिलो संविधानसभाका सहमति सम्झौताहरु र दोस्रो संविधान सभाका सहमति सम्झौताहरु समेटर एउटा मस्यौदा तयार पारोस् । पञ्चायत ढल्दा सरकार ढलने, राजतन्त्र ढल्दा सरकार ढलने तर एकात्मक व्यवस्था ढल्दा सरकार नढ़लने भन्ने हुन्छ ? त्यस कारण
अहिले क्रान्तिलाई नयाँ उचाइमा पुर्याउनु पर्ने हुन्छ ।
यो क्रान्ति संघीय गठबंधनको नेतृत्वमा भइराखेको छ । चार मधेसी दल मिलेर पहिला मधेसी मोर्चा बनाए । त्यस मोर्चामा केही जनजाति पार्टीहरु मिस्सिएर संघीय गठबंधन बन्यो । यो अनिल झा अथवा विजय गच्छेदारको नेतृत्वमा भएको क्रान्ति होइन । यद्यपि सड़कमा सबै पक्षलाई स्वागत छ । सत्ताधारीद्वारा सदा प्रयोग हुन तत्पर मान्छे गच्छेदार । अहिले पनि एक चोटी इटहरीमा गएर भाषण ठोक्छ, त्यसको भोलि पल्ट बालुवाटार पुगेर चिया बिस्किुट खान्छ । मधेसी क्रान्ति १ र २ को मोमेंटमलाई चकनाचूर पारेको मान्छे विजय गच्छेदार, मधेशी दलहरु फुट्ने फोर्मुलाको सूत्रधार विजय गच्छेदार अहिले यत्रो क्रान्ति गर्नु परेको प्रमुख कारण नै विजय गच्छेदार । तर यो लोकतंत्र हो, सड़कमा स्वागत छ ।
संघीय गठबंधनको औपचारिक अध्यक्ष अहिले कोही पनि छैन । त्यो क्रान्तिप्रति दगाबाजी हो । उपेन्द्रले राजेंद्रलाई नेता नमान्ने, राजेंद्रले उपेन्द्रलाई नेता नमान्ने, महन्थले राजेन्द्र र उपेन्द्रलाई नेता नमान्ने उदेकलाग्दो व्यवहारले केपी ओलीलाई प्रधानमन्त्री बनाउँछ । यद्यपि केपीभन्दा यी तीन जना प्रत्येक मायनेमा बढ़ी सक्षम छन् । बढ़ी पढ़े लेखेका पनि छन् । दिमाग पनि सद्दे, शरीर पनि स्वस्थ ।
नेता त एक जनालाई छान्नै पर्ने हुन्छ । र, त्यो प्रक्रिया लोकतान्त्रिक मात्र हुन सक्छ । कोही बढ़ी बुढो भएकोले नेता हुँदैन, कसैको थर यादव भएकै कारणले उ नेता हुँदैन । लोकतन्त्रमा नेता बन्ने भनेको अंक गणित ले हो, र अहिले अंक गणित उपेन्द्र यादवको पक्ष मा छ । ७५ जिल्ला मा संगठन भएको पार्टीको मधेसी अध्यक्ष भएको पहिलो हो यो । बरु संघीय गठबंधनले विधान नै लेख्ने । संघीयता, समावेशीता र आर्थिक क्रान्ति तीन मानक सिद्धांत हुने । केंद्र, प्रदेश, स्थानीय सबै ठाउँमा एक पद एक उम्मेदवारमा जाने ।
केन्द्रमा संघीय गठबंधनका सांसदहरुको निर्वाचक मण्डल बन्ने, त्यहाँ ५०५ भन्दा बढ़ी मत बटुल्ने त्यस प्रतिनिधि सभाको अवधि भर संघीय गठबंधनको राष्ट्रिय अध्यक्ष बन्ने, त्यस्तो गर्न सकिन्छ । भोलि अंक गणित राजेन्द्र महतोको पक्षमा पनि जान सक्छ । पार्टी अध्यक्ष नभएको हृदयेश त्रिपाठी पनि हुन सक्छ । उपेन्द्र यादवको पार्टी एक तिहाईमा छ र दुई तिहाईले सांसद त्रिपाठीलाई छान्ने अवस्था पनि आउन सक्छ ।
तर आजको मितिमा अंक गणित उपेन्द्र यादवसँग छ । त्यसलाई औपचारिक बनाउनै पर्छ । क्रान्तिलाई नयाँ उचाईमा पुर्याउन का लागि । उपेन्द्रको नेतृत्व शैलीमा थुप्रै कमिकमजोरी छन् । ती सुधार हुनुपर्छ । मान्छेको चरित्र चिन्ने । गच्छेदारलाई पार्टी भित्र आउन दिएर एक किसिमले उपेन्द्रले मधेशीसँग दगाबाजी नै गरेका हुन् । अर्को छ, व्यापक छलफल नगर्ने बानी । गठबंधनमा १० जना यस्ता छन् जोसँग नियमित छलफल गर्नुपर्ने हुन्छ । कुनै महत्वपूर्ण भेटघाट अगाडि पछाडि छलफल र ब्रीफिंग ।
संघीय गठबंधनको रोडमैप त आपसी छलफलले निर्धारण गर्ने कुरा हो । एक जनाले त्यो गर्ने होइन । भने पछि आखिर सामूहिक नेतृत्व नै हुन्छ । तर एक जाना औपचारिक अध्यक्ष भन्ने चाहिन्छ ।
म अहिंसात्मक तर आक्रामक क्रान्ति (Non Violent Militancy) को पक्ष मा । काठमाण्डुको १००५ नाकाबंदी । त्यसका लागि पूर्व पश्चिम राजमार्ग मा १,००० रुख ढालने । बोर्डर पारि गएर आफ्ना नातेदारहरु सँग गफ गर्ने । उतैबाट सील गर्देउ भन्ने । झापादेखि नारायणीसम्म प्रत्येक सरकारी कार्यालयको बोर्ड मा मधेस सरकार लेख्ने, उता थरुहट सरकार लेख्ने कंचनपुरसम्म, तर तोड़फोड़ नगर्ने । दैनिक मधेसको प्रत्येक गाउँ, टोल, बजार, शहरमा लाठी जुलुस, तर हिंसा बिलकुल नगर्ने । दुई हप्ता भित्र मधेसबाट काँग्रेस र एमालेको संगठन पूर्णरुपले ध्वस्त पार्ने । सबैले ती पार्टी लाई छाड्ने ।
आफ्नो इच्छाको संघीय गठबंधन सदस्य पार्टीको सदस्यता लिने अथवा नयाँ पार्टी खोल्ने । जेल भर्ने । खुद गिरपÞm्तारी दिने । आन्दोलन अनिश्चितकालीन पनि कहीं हुन्छ ? दुई तीन हप्ता भित्र सरकार ढालिसक्नुपर्छ । संघीय गठबंधनको नेतृवमा क्रान्तिकारी अन्तरिम सरकार बन्छ ।



