laxman lal karna
हुलाकी न्यूज, वीरगंज २२ असार । सदभावना पार्टीका सहअध्यक्ष तथा सांसद लक्ष्मण लाल कर्णले मधेशप्रति सरकारको नियत ठिक नरहेको आरोप लगाएका छन् ।

उनले मधेशी जनता र मधेशप्रति सरकारको नियत ठिक नरहेकोले मधेशी जनताको मुक्तिका लागि आफू निरन्तर संघर्ष गरिरहने बताएका छन् ।

उनले संसदीय कोषको रकम पहाडमा राम्ररी सदुपयोग भएको तर, मधेशमा कार्यकर्ता पोस्ने काम मात्र भएकोले यसप्रति मधेशी जनतालाई चनाखो भएर बस्न आग्रह गरेका छन् ।

सांसद कर्णको संसदीय कोषको रकमबाट वीरगंजमा कम्प्युटर र साइकल वितरण गरिएको छ । सांसद कर्णको कोषबाट  पर्सा जिल्लाका विभिन्न विद्यालयमा अध्यनरत ४० जना बिद्यार्थीहरु साईकल बितरण गरिएको हो ।

यसैगरी, सांसद कर्णकै संसदीय कोषको रकमबाट शशीधर कृष्णा तिवारी प्रा.बि बिरन्चीबर्वालाई २ थान, दिपनारायण आदर्श उच्च मावि औराहा पंचगाँवा, फेवाताल बचत तथा ऋण सहकारी संस्था जानकीटोला, नेपाल धानुक समाज जिल्ला कार्य समिति पर्सा, नेपाल राष्ट्रिय मा. बि सेढवा बिर्ता, जन जागरण युवा क्लब, श्री ने.रा. नि. मा. बिद्यालय बस्डिलवा र ग्रामिण संस्था बिकास केन्द्र वीरगंज– २३ हरपतगंजलाई एक–एक थान कम्प्युटर वितरण गरिएको सद्भावना पार्टीले जनाएको छ ।

जगदिस पटेलको सभापतित्वम सम्पन्न बितरण समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं सांसद लक्ष्मणलाल कर्णले अगामी दिनहरु पनि जनतासँग प्रत्यक्ष सरोकार राख्ने  बिकास निर्माणको कामसँगै साईकल र कम्प्युटर वितरण जस्ता कार्यलाई निरन्तरता दिने बताए । सीमित बजेटले सवै क्षेत्रमा समान ढंगले बिकास गर्न निकै चुनौती रहेकोले अगामी दिनमा छुटेको क्षेत्र र बढी प्रभावकारी हुने कार्यक्रममा बजेट खर्चिने बताए ।

बदलिदो युगमा कम्प्युटर शिक्षाको महत्व बढदै गएकोले आफू कम्प्युटर वितरणमा विशेष ध्यान दिएको बताए । साथै कर्णले आफनो छोरा छोरीहरुलाई अनिवार्य कम्प्युटर शिक्षा लिन अनुरोध समेत गरेका थिए । कर्णले पर्साको भिस्वा अनाथालय, लंगडी स्कुलको मुलढोका, असवारी सडक, चिलझपटी  लगायतको ठाउँमा आफनो संसदिय कोषको रकमबाट बिकास निर्माण भएको बताएका थिए ।

वीरगंज स्थित चित्रगुप्त मन्दिरमा सम्पन्न कार्यक्रममा  सदभावना वीरगंज नगर अध्यक्ष ओमप्रकास सर्राफ, जिल्ला सदस्य अशोक सिंह, नेताहरु पंकज अग्रवाल, राजकुमार साह,  अंगद हजरा, रामअशिष धानुक,  अशोक कुर्मी , केन्द्रिय सल्लाहकार रामचन्द्र कुर्मी , क्षेत्र नं. ५ का क्षेत्रिय अध्यक्ष  जटाशंकर लगायतको  उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.