हुलाकी न्यूज काठमाडौ ३० भदौ । सिरहा र धनुषासहित मधेशको अधिकांश जिल्लामा नेकपा एमालेको जिल्ला अधिवेशन हुँदा केपी ओली प्रमुख अतिथि बनेका थिए । तर मधेशीहरु ओलीको विरोधमा भाटा लिएर सडकमै ओर्लिदा ओली विमानस्थलबाटै फर्किएका थिए ।

अहिले मधेशमा जारी आन्दोलन दबाउन एमालेले युवा संघलाई खटाएको छ । सोही अनुरुप युवा संघले विभिन्न ठाउँमा मधेश कब्जा गर्ने धम्की दिँदै आएको छ । तर कुनै पनि मधेशको जिल्लाको मधेशी बाहुल्य क्षेत्र वा आन्दोलनरत क्षेत्रमा युवा संघ पुग्न सकेको छैन ।

मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी युवा संघले मधेश कब्जा गरेर असोज तीन गते दिपावली मनाउने दावी गरे । तर यता मधेशी युवाहरुले युवा संघको मातृ पार्टीका अध्यक्ष केपी ओलीलाई नै मधेशमा कुट्टा टेकेर देखाउन चुनौती दिएका छन् । तराई–मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय एवं तराई मधेश विद्यार्थी फ्रण्टका अध्यक्ष सुरेश मण्डलले केपी ओलीलाई मधेशमा प्रबेश गरेर देखाउन चुनौति दिए ।

हुलाकी न्यूजसँग मण्डलले भने,‘युवा संघ जस्ता अपराधी संगठनले मधेश कब्जा गर्ने सुने पछि मलाई हाँसो उठ्यो । म युवा संघको मातृ पार्टीका अध्यक्ष केपी ओलीलाई मधेशमा खुट्टा टेकेर देखाउन चुनौति दिन्छु ।’

यता मधेश अधिकार संघर्ष समिति (मास) जनकपुरधामका संयोजक सरोज मिश्राले केपी ओलीलाई मात्र होइन काँग्रेस–एमाले–माओवादीका मधेशबाट जितेका सभासद्हरुलाई आफ्नो क्षेत्रमा आएर देखाई दिनसमेत चुनौति दिए । मिश्रले हुलाकी न्यूजसँग भने,‘म केपी ओली, प्रचण्ड र सुशील कोइरालालाई चुनौति दिन्छु मधेशमा खुट्टा टेकेर देखाउन । युवा संघ जस्ता दस्ताले मधेशमा हिंसा भड्काउने काम गरिरहेको छ । उनीहरु मधेश त कब्जा गर्न सक्दैन बरु सुरक्षित भएर फर्किने छैन ।’

मिश्रले आफुहरु हिंसाको पक्षमा नरहे पनि सर्वोच्चले गोली नचलाउन आदेश दिएलगतै मधेशीहरु मारिएको भन्दै राज्यले हिंसा चाहेको दाबी गरे ।

3 COMMENTS

  1. हालको संबैधानिक प्रकियाको अन्ततिर आइपुग्दा संबिधान वन्ने करिब करिब पक्का भैसकेको छ! तराईको विभिन्न भागमा भयको हिंसाक घटना सम्पूर्ण नेपालीलाई भावाबिहिल बनायको छ! यो सारै दुखित, अक्षम्य तथा इतिहास को कलङ्क हो! नया बन्ने संबिधानबाट तो आवाज को सम्बोधन हुदै छ जुन तेही ठाउँ र तेही भेगबाट उठेको आवाज हो! संघियताको आवाज अरु कसै को नभई मधेशी र तराईवासीको हो! नेताहरुको अकर्मन्यता, सम्बेदन्हीनाता, तथा अधैर्यता नै एसको मूल कारक को रुपमा म देख्छु! यदि यो मानवीय क्ष्यति अगाडी को कुनै खण्डमा घटेका भय तेस्को बेग्लै बिबेचना हुन्थियो होला! तर आज जसरी घटी रहेकोछ यो बिल्कुल मनाविना मूल्य र लडाईको अबमुल्यन हुने गरि अति सस्तो किसिमले भैरहेको मैले महसुस गरिरहेको छु! अहिले आन्दोलरत दलहरु का आवाज धेरै हद सम्म पुरा हुनेमा ति पक्ष्यहरु सम्पूर्ण रुपमा बिस्वस्त थिय! आउने दिनमा प्रान्तीय पकडको लागि यी सम्पूर्ण प्रपंचा रचियाका छन्! नगरिकबाट यो कुरा बुझाईमा भुल हुन जानु मा नागरिक तथा मुलुकले ठुलो क्ष्यति बेहोरी रहनु परेको छ! अहिले को जन चासो भनेको भेदभावरहित समाजको संरचना हो! जनजाती, दलित तथा मदेशीमाथि कुनै अपमान नहोस यदि भयमा कानुनी वेवास्थाद्वारा अपराध ठहरियोस! यो कुरामा सबै पक्ष्य लचिलो र खुला भयको हुदा यति को संघर्स र मानवीय क्ष्यतिको कुनै आवस्यक थियन! संविधान सभा छोड्नु र हाल को आन्दोलन मा जानु केहि दल को ठुलो भुल भयको छ र अझै पनि समय छ- वार्ता भय पनि नभयपनि संबिधान सभा परित्याग नगरौ र सविधान सभा कसैको पेवा होइन! नागरिकले दियको अधिकार को प्रयोग गर्दै प्रजातान्त्रिक अभ्यास मा सरिक हुनुहोस! येस्मा सबैको शिर उचो हुन्छ!

  2. के पी अाेलीले अाफ्नाे पार्इन्टमा सु सु गरेकाे कारण उसले अाफ्ना साैतेला नाजायज सन्तानहरूलार्इ मधेशकब्जा गर्न पठाएकाे हाे । अाेली बा अब भुटान गएर केरा बेची खानुस, नेपालमा तपार्इकाे अब कुनै स्थान छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.