
हुलाकी न्यूज, न्यूर्योक २२ असार । अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति प्रभु साह र अमेरिकी अधिकारीहरुबीच भेटवार्ता भएको छ ।
साउथ एण्ड सेन्ट्रल एशियन अफर्यसकी एशिशटेन्ट सेक्रेटरी निशा देशाई विश्वाल र डिपुटी एशिशटेन्ट सेक्रेटरी मनप्रित एस आनन्दसँग विभिन्न विषयमा छलफल भएको सभापति साहले हुलाकी न्यूजलाई बताए ।
साहका अनुसार नेपाली कामदारलाई अमेरिका ल्याउने विषयमा सकारात्मक छलफल भएको छ । कामदारका विषयमा अमेरिकी अधिकारीहरु पनि इच्छुक रहेको जनाइएको छ ।
त्यस्तै भेटवार्तामा नेपालको शान्ति प्रक्रिया टुंगोमा पु¥याउन सत्य निरुपण तथा मेलमिलाप आयोग महत्वपूर्ण रहेको अमेरिकी अधिकारीहरुले बताएका थिए । उनीहरुले आयोगकै माध्यमले शान्ति प्रक्रिया टुंगिने आशा व्यक्त गरे ।
भेटघाटमा तमसपाका संसद नरेन्द्र साह र अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कार्की पनि सहभागि थिए ।



