
हुलाकी न्यूज, जनकपुरधाम २२ असार । धनुषाको लोहना बभनगामा उच्च माविको कक्षा ८ मा अध्ययनरत १३ वर्षीया छात्रा काजल मण्डललाई सार्वजनिक स्थलमा बाँधेर कुटपिट गर्नेहरु पक्राउ परेका छन् ।
जनकपुर उपमहानगर पालिका –१८ भोइलकी ती छात्रालाई कुटपिट गर्ने चारै जनालाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।
कुटपिट गर्ने स्थानीय ४२ वर्षीय सुजित मण्डल, २० वर्षीय जितेन्द्र मण्डल, १८ वर्षीय रितेश मण्डल र १८ वर्षीय रामहृदय पण्डितलाई बुधबार प्रहरीले पक्राउ गरिएको हो ।
काजलसँग सोही विद्यालयमा अध्ययन गर्ने नितेश मण्डलको बहिनी छोटी कुमारी मण्डल टोलकै केटोसँग भागी गएको थाहा पाएपनि आफुहरुलाई खबर नगरेको भन्दै काजललाई घरबाट बोलाई बाटोमा लागि हात बाँधेर कुटपिट गरिएको थियो ।
कुटपिटबाट घाईते काजल मण्डलको जनकपुर स्थीत अञ्चल अस्पतालमा उपचार भैहरको छ र पक्राउ परेका चारै जनालाई सार्वजनिक अपराध अन्तर्गत म्याद थप गरी अनुसन्धान अगाडी बढाईएको धनुषा प्रहरीले जनाएको छ ।



