
हुलाकी न्यूज, जनकपुरधाम २२ असार । मधेशको अवस्थामाथि मिथिला कला कार्याशाला जनकपुरधाममा जारी रहेको छ ।
मधेश मानव अधिकार (मधुर) अमेरिकाको आयोजन र मिथिला आर्ट ग्यालरी काठमाडौंको संयोजनमा मंगलबारबाट सुरु भएको कार्यशाला बुधबार साँझसम्म चल्नेछ ।
कार्यशालामा १५ जनाभन्दा अधिक कलाकारहरुले मधेशको अवस्था बारे चित्र बनाउँदैछन् । मधेशका विभिन्न जिल्लाका कलाकारहरु जम्मा भएर मधेशलाई चित्रण गरिरहेको र यसले मधेश बुझ्न सजिलो हुने मधुरका अध्यक्ष राम मनोहर साहले बताए ।
मंगलबार भएको उद्घाटन कार्यक्रममा मिथिला कलासँग सम्बन्धी मधेशका विशिष्ट व्यक्ति तथा भारतका अतिथिहरुको सहभागिता रहेको थियो ।





Thanks Shyam Sundar and Ram Manohar for your great initiative. It is a positive step to empower women. We have to develop outlet for their paintings