Rambibek_mother
मृतक रामविवेक यादवकी आमा


हुलाकी न्यूज, जनकपुरधाम २२ असार ।
मधेश आन्दोलनको क्रममा प्रहरीद्वारा महोत्तरीमा मारिएका रामविवेक यादवका परिवारको जाहेरी प्रहरीले दर्ता गर्न नमानेपछि पुनरावेदन अदालत जनकपुरले परमादेश जारी गरेको छ ।

प्रहरीको गोलीबाट मारिएका रामविवेकका बुबाले प्रहरीमा जाहेरी दर्ता गराउन खोज्दा प्रहरीले जाहेरी दर्ता गरेको थिएन । प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि पुनरावेदन अदालत जनकपुरमा रिट दायर गरिएको थियो ।

मृतक यादवका बुवा ईन्दु यादवले दिएको रिटको सुनवाई गर्दै पुनरावेदन अदालतले मंगलबार परमादेश जारी गरेको छ । न्यायधिशद्वय शेषराज सिवाकोटी र प्रेम राज ढकालले जिल्ला प्रहरी कार्यालय महोत्तरीको नाममा परमादेश जारी गरेको हो । रिट दायर गरेका ईन्दु यादवको तर्फबाट अधिवक्ता विकरु यादवले बहस गरेका थिए ।

आन्दोलनको क्रममा प्रहरीले नियतवश हत्या गरेको भन्दै अनुसनधान हुनुपर्ने माग गर्दै महोत्तरीका तत्कालिन एसपी सौरभ राणा विरुद्धमा जाहेरी दर्ता गराउन मृतकका परिवार पुगेका थिए । तर प्रहरीले जाहेरी दखास्त दर्ता गर्न निकै आलटाल गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.