
हुलाकी न्यूज, काठमाडौं २१ असार । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशवादी दलहरुलाई कतिबेर आन्दोलन गर्ने भन्ने ख्याल नरहेको बताएका छन् ।
नेपाल परिवार दलको दोस्रो महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रम ओलीले आन्दोलन गर्ने बेलामा आन्दोलन गर्ने र विकास गर्ने बेला विकास गर्नुपर्ने धारणा राखेका छन् ।
उनले अहिलेको समय आन्दोलन गर्ने नभइ विकास गर्ने बेला रहेको सुझाव दिएका छन् । उनले आन्दोलनरत् दलहरुको सबै माग पूरा भइसकेको समेत दाबी गरे ।
यसैगरी, ओलीले सरकार ढाल्ने खेलमा नलाग्न कांग्रेस र माओवादी केन्द्रलाई आग्रह गरेका छन् । उनले सरकार ढाल्ने खेलमा लागे पाप लाग्नेसमेत बताए ।



