prabudha baithak
हुलाकी न्यूज, काठमाडौं २१ असार । भारतीय जनता पार्टीका वरिष्ठ नेता भगतसिंह कोसियारीले भारत नेपालको अहित गर्ने पक्षमा कहिल्यै नरहेको बताएका छन् ।

उनले नेपाल र भारतको सम्बन्ध रोटी र बेटी भन्दा पनि एउटै रक्त समूहको सम्बन्धभन्दा उत्तम हुने गरेको बताए ।

नेपाल र भारतबीचका सबै खाले सन्धि र सम्झौता पुनरावलोकन गरी सुझाव दिन गठन भएको प्रबुद्ध व्यक्ति समूह (इपीजी) को प्रथम बैठकमा उनले सो धारणा राखेका छन् ।

काठमाडौंमा दुई दिनसम्म चल्ने प्रबुद्ध व्यक्ति समूहको बैठकमा विषयगत समीक्षा हुँदैछ । भाजपा वरिष्ठ नेता भगतसिंह कोशियारी संयोजकत्वको टोलीमा प्रा. महेन्द्र पी लामा, प्रा.बीसी उप्रेती र पूर्वराजदूत जयन्त प्रसाद छन् ।

त्यस्तै, नेपालको तर्फबाट भेषबहादुर थापाको संयोजकत्वमा सूर्यनाथ उपाध्याय, नीलाम्बर आचार्य र राजन भट्टराई रहेका छन् ।

दुई पक्षीय बैठकले तय गरेका र कार्यान्वयनमा आउन नसकेको विषय केलाउने काम यो बैठक गर्दैछ । दुईपक्षीय सम्बन्धका समस्यामा दुवैतिरका विज्ञ समूह औपचारिक रुपमा छलफल पहिलो पटक हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.