हुलाकी न्यूज, नेपालगन्ज २१ असार । मध्य तथा सुदूरपश्चिमका विभिन्न तस्वीर समेटेर नेपालमा दुईदिने फोटो फेस्टिवल सम्पन्न भएको छ । अन्तराल मिडियाले फोटो जर्नालिस्ट क्लबको सहकार्यमा फोटो फेस्टिवलको आयोजना गरिएको थियो ।

मधय तथा सुदूरपश्चिमाञ्चल क्षेत्रको जीवनशैली, रहनसहन, पर्यटन, खेलकुद, दैनिक जनजीवन, प्रकृतिका फोटोहरु प्रदर्शनीमा राखिएको थियो । प्रदर्शनीमा राखिएका सबै तस्वीरहरु यसअघि नै निर्णायकबाट उत्कृष्ट छानिएका थिए ।

प्रदर्शनीमा ४६ जना फोटोग्राफरले खिचिएका उत्कृष्ट फोटोहरु संलग्न गरिएको थियो । यसैगरी विभिन्न विधामा पुरस्कार प्रदान समेत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.