
अमरेन्द्र कुमार यादव, महेन्द्रनगर २१ असार । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका अन्तर्गत स्थापना गरिएको नागरिक सचेतना केन्द्रहरु प्रभावकारी बन्दै गइरहेका छन् ।
विकास निर्माण, सामाजिक काम, सरकारी सेवामा पहुँच बढाउन र गरिबी न्यूनीकरणका लागि नागरिक सचेतना केन्द्र प्रभावकारी बनेका हुन् ।
स्थानीय निकाय जनप्रतिनिधिविहीन बनेको अवस्थामा समुदाय र विकास साझेदारबीच नागरिक सचेतना केन्द्र र वडा नागरिक मञ्चले पुलको काम गरिरहेको क्षीरेश्वरनाथ नगरपालिकाका कार्यकारी अधिकृत उमेश कुमार यादवले बताउनुभयो ।
प्रत्येक हप्ताको एक दिन बैठक बस्ने नागरिक सचेतना केन्द्रको छलफलमा आफ्नो कुरा अरुलाई स्पष्टसँग व्यक्त गर्नसक्ने र सरकारी कार्यालयबाट प्रवाह हुने सेवा सुविधा प्राप्त गर्ने प्रक्रियाको विशेषमा जानकारी पाएको सिद्ध नागरिक सचेतना केन्द्र हरिहरपुर– ९ का सहभागिहरुले बताए ।
नगरपालिका अन्तर्गत सञ्चालित स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजिसीडिपी) मार्फत नगरपालिकामा पुरानो गठन गरिएको ४ वटा र र नयाँ २ महिना पहिले गठन गरिएको ४ गरी जम्मा ८ वटा नागरिक सचेतना केन्द्र र प्रत्येक वडामा वडा नागरिक मञ्च गठन भएका छन् ।
नगरपालिकाका ८ वटा नागरिक सचेतना केन्द्रलाई एलजिसिडिपी कार्यक्रमले पुरानो गठित ४ वटा नगर सचेतना केन्द्रलाई व्यवस्थापन खर्च १०–१० हजार र नयाँ गठित ४ वटा सचेतना केन्द्रलाई ३०–३० हजार व्यवस्थापन खर्च नगरपालिका मार्फत विनियोजन हुने जानकारी शहरी शासन विज्ञ मनोज बाँनियाले बताए ।



