
हुलाकी न्यूज, जनकपुरधाम २० असार । मधेश मानव अधिकार (मधुर) यूएसए र सरस्वती नमुना माध्यमिक विद्यालय जनकपुरको संयुक्त आयोजनमा बृक्षारोपन कार्यक्रम सम्पन्न भएको छ ।
सरस्वती विद्यालयको प्रांगनमा एक सयभन्दा अधिक विद्यार्थी, शिक्षक तथा समाजसेवीहरुको उपस्थितिमा सोमबार बृक्षारोपन गरिएको हो ।
मधुरका अध्यक्ष राम मनोहर साहको प्रमुख आतिथ्यमा भएको बृक्षारोपन कार्यक्रमको संयोजन डा.कृष्ण चन्द्र प्रसाद साहले गरेका थिए ।
विद्यालयलाई सुधारका लागि थप कार्यक्रमहरु गरिने वक्ताहरुले बताए । मधुरका अध्यक्ष साहले वातावरणसँगै शैक्षिक स्तर सुधारका लागि पहल आवश्यक रहेको औल्याएका थिए ।





Very positive approach. A clean environment is good for mind and body. Greening is the sign of ‘good environment for better living’. Similarly, quality education is essential for empowering students to attain a better living.