Irphan_shekh_NPJ
हुलाकी न्यूज, नेपालगंज २० असार ।
बाँकेका प्रहरी उपरिक्षकले लागु औषध मुद्दामा फसाई दिने धम्की दिएपछि एक जना सर्वसाधारण मानव अधिकारवादीलाई गुहार गर्दैछन् ।

नेपालगंज उपमहानगरपालिका ३ बस्ने इरफान अहमद शेखलाई बाँके प्रहरीले नियन्त्रणमा लिएर हिरासत भित्रै प्रहरी उपरिक्षकले धम्की दिएका थिए ।

इरफानद्वारा जिल्ला प्रशासन कार्यालय बाँकेलाई दिइएको निवेदनमा आफु विद्युत कार्यालयको विरोधमा भएको कार्यक्रममा सहभागी भएपछि अचानक प्रहरीले नियन्त्रणमा लिएको लेखेका छन् । उनले सादा पोसाकका प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको र हिरातभित्रै प्रहरी उपरिक्षकले लागु औषध मुद्दामा फसाई दिने धम्की दिएको उल्लेख गरेका छन् ।

इरफानले आफुलाई बाँच्न पाउने अधिकारबाट बञ्चीत नगर्न भन्दै जिल्ला प्रशासन बाँकेसहित, क्षेत्रीय मानव अधिकार आयोग, क्षेत्रीय संयोजक इन्सेक, पुनराबेदन बार एशोसिएशन र थर्ड एलायन्सलाई बोदार्थ पठाएको छ ।

Irphan_shekh

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.