Dhanusha_district_police_office
हुलाकी न्यूज, जनकपुरधाम २० असार ।
धनुषा प्रहरीले ८ जना नेतामाथि सार्वजनिक अपराधको मुद्दा चलाएको छ ।

प्रहरीलाई हुलहुज्जत गरेको आरोपमा संघीय समाजवादी फोरम नेपालका नेता रामसुखी यादव, माओवादी केन्द्रका रामचन्द्र मण्डल र नेपाली काग्रेस धनुषाका नेता रामवरण पासमानसहित ८ जनामाथि जिल्ला प्रहरी कार्यालय धनुषाले आइतबार सार्वजनिक अपराध मुद्दा चलाएकोछ ।
पक्राउ पर्नेहरुमा रामसुखी यादव, राम चन्द्र मण्डल, उदय यादव, राम वरण पासवान, बिष्णु चौधरी, बजरंगी पासवान, श्रीराम साह, धिरेन्द्र ठाकुर र अरबिन मण्डललगायत रहेको प्रहरीले जनाएको छ ।

धनुषाका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक नकुल पोखरेलले प्रारम्भिक अनुसन्धानमा बजरंगी पासवान, श्रीराम साह, धिरेन्द्र ठाकुर र अरबिन मण्डलको संलग्नता संलग्नता नदेखिएकोले छाडिएको जनाएका छन् ।

तर अन्यको हकमा केही सार्वजानिक अपराध ऐन अन्तर्गत म्याद थप गरी थप अनुसन्धान भईरहेको उनले जनाए । जनकपुर उपमहानगर पालिका वडा नम्बर १४ रजौलमा अवस्थित जनता माध्यमिक विद्यालयमा भवन र शौचालय निर्माणका लागि प्राप्त ३० लाख बजेटको उपभोक्ता समिति गठन सम्बन्धमा शनिबार राती रामवरण पासमान र फोरमका रामसुखी यादवबीच झगडा हुँदा शनिबार राती नै प्रहरीले दुबैलाई पक्राउ गरेको थियो ।

‘दुबै पक्षलाई पक्राउ गरिएपछि स्थिति समान्य भएको थियो’ धनुषाका प्रहरी उपरिक्षक रामदत्त जोशीले भने–तर माओवादी केन्द्रका रामचन्द्र मण्डललगायतको समुहले प्रहरीर्लाइ हातपात र लुगा च्यातेका थिए । मण्डलले प्रहरीलाई तान्दै हतियार झिकेर गोली हान्ने भन्न थालेपछि थप प्रहरीबलले स्थितिलाई नियन्त्रणमा लिएको थियो ।

तर संघिय समाजवादी फोरम धनुषाका अध्यक्ष शेषनारायण यादवले प्रहरीले ज्यादती गरि राजनीतिकर्मीहरुलाई पक्राउ गरेको आरोप लगाउदै रिहा नगरिएसम्म प्रहरी उपरिक्षक बिरुद्ध संघर्ष जारी राख्ने बताए । प्रहरी घरहरुमा प्रवेशगरि महिलाहरुलाई कुटपिट गरेको आरोप लगाउदै अध्यक्ष यादवले भने–प्रहरीले राजनीतिकर्मीहरुलाई फसाउने षडयन्त्र गरेकोछ ।

स्थानीय जनकपुर टुडेका अनुसार माओवादी, फोरमका नेता कार्यकर्ताहरुले आईतबार बिहान १ घण्टा जनकपुर–ढल्केबर राजमार्ग अबरुद्ध गरेका थिए । धनुषा जिल्लामा अधिकांश विकास निर्माणको काम असार मसान्तमा भइरहेकोछ । उपभोक्ता समिति मार्र्फत हुने निर्माण कामहरुमा व्यापक अनियमितता भइरहेकोले बिबाद हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.