हुलाकी न्यूज, रौतहट १९ असार । बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । ९ वर्षीया बालिकालाई ललाई फकाई साँझ नदी किनारमा लगेर करणी गरेको भन्दै प्रहरी सुनील भन्ने शंकर साहलाई शनिबार साँझ पक्राउ गरेको थियो ।
गौर नगरपालिका–१० सबगढा बस्ने साहलाई प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
पक्राउ परेका साहलाई आवश्यक अनुसन्धानका लागि आइतबारै जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको र जबरजस्ती करणी अन्तर्गत मुद्दा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।



