mangal siddhi manandhar1
हुलाकी न्युज, काठमाडौं १७ असार । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सल्लाहकार समितिका प्रमुख, पूर्व मन्त्री, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा वरिष्ठ बौद्धिक व्यक्तित्व प्रा.डा. मंगलसिद्धी मानन्धरको हृदयघातका कारण मृत्यु भएको छ ।

आज बिहान १० बजेर ४५ मिनेटमा ७५ वर्षको उमेरमा उनको हृदयघात भई निधन भएको हो ।

यसैबीच फोरमका अध्यक्ष उपेन्द्र यादवले एक प्रेस विज्ञप्ति जारी गरी श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

‘उहाँको निधनले पार्टीले एक वरिष्ठ अभिभावक एवं परिपक्व नेता गुमाएको मात्र होइन सिङ्गो देशले राज्य पुनर्संरचना विज्ञ तथा एक कर्मठ पहिचानवादी नेता पनि गुमाएको छ’ जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

मानन्धरको निधन भएको शोकमा भोलिदेखि तीन दिनसम्म फोरमको सम्पूर्ण कार्यालयहरुमा झन्डा आधा झुकाउने निर्णय गरिएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.