uae1
विनोद पासवान, युएई १७ असार । युएईमा रहेका नेपालका मधेशी (मुस्लिम–हिन्दू) समुदायको बिचमा भाईचारा र सदभाव वृद्धि गर्ने उद्देश्यले मधेशी समाज युएईद्वारा ईस्लाम धर्मावलम्बीको महान पर्ब रमजान महिनामा एक दिनका लागि केही इच्छुक हिन्दू–गैरमुस्लिम युवा सम्मिलित एक दिनको लागि रोजा ब्रत राखी शुभकामना आदान–प्रदान गरिएको छ ।

साथै ईफ्तारी भोजनसंगै गर्ने कार्यक्रम रहेको समाजका संयोजक डा. रबिन्द्र कुमार यादवले जानकारी दिए । सो कार्यक्रममा झन्डै ३० मुस्लिम र १५ गैर मुस्लिम मधेशी युवाहरु सहभागि हुने जनाइएको छ । दुबइको ममजार पार्कमा साँझ ६–८ बजेसम्म कार्यक्रम हुने बताइएको छ ।

कार्यक्रमका सहभागी जगनारायण मण्डलका अनुसार “जसरी हाम्रो मधेशी समाजमा मुस्लिम समुदायका साथीहरु हाम्रो चाडपर्व होली, छठ, दीपावली, बुद्धजयन्ती आदिमा हाम्रो खुशीयालीमा सामेल हुनुहुन्छ त्यसरी नै हामी पनि वहाँहरुको खुशीको पर्वमा सहभागि हुने सोचेका हौं, यो हाम्रो लागि पनि खुशीको दिन हो“ भनेका छन् ।

अर्का सहभागी मुन्ना समशुल हकले “यु ए ई मा मधेशीहरु मिलेर यस्तो कार्यक्रम गर्न लागिएको यो पहिलो पटक हो र यसले देश–विदेशमा रहने सबै मधेशी हिन्दू–मुस्लिम समुदायमा साकारात्मक सन्देश जानेछ“ भने ।

कार्यक्रमका अर्का सहभागी बिनोद पासवानका अनुसार किनकी हामी मानिस भनेको एक सामाजिक प्राणी हौं, त्यसैले हामीले हाम्रो मिस्रित समाजमा एक्(अर्काको सहअस्तित्वलाई स्विकार गरी एकअर्काको सम्मान गर्ने बानी बसाल्न र हाम्रा आउने पींढीलाई पनि सो कुरा सिकाउन आवश्यक रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.