prachanda
हुलाकी न्यूज, नेपालगन्ज १६ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान कार्यान्वयन नहुने खतरा बढ्दै गएको बताएका छन् ।

उनले आन्दोलनरत् मधेशी, थारु, आदिवासी जनजाति लगायतका मागहरुलाई सम्बोधन गर्नका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको औल्याएका छन् ।

उनले राष्ट्रिय सहमितको सरकारले मात्रै मुलुकको वर्तमान समस्या हल गर्नसक्ने दाबी गरेका छन् ।

उनले मधेशी, थारु, आदिबासी जनजातिलगायतका माग संबोधनका लागि संविधान संशोधनका लागि पनि सहमति आवश्यक रहेको जिकिर गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.